खसी काटेर भोज खुवाउछुँ !!!

शेरेको घोडा बिरामी भएछ ।
उसले
घोडाको उपचार गर्न
डाक्टरलाई
बोलाएछ । डाक्टरले
घोडालाई राम्रो सँग
जाचेर भनेछ : "तपाईंको
घोडालाई
खतरनाक रोग लागेको छ । ३ दिन सम्म
दवाइ दिन्छु । यदी सन्चो भए त ठिकै छ
तर सन्चो भएन भने यसलाई मार्नु पर्छ
नत्र यो रोग अरु पशुलाई पनि सर्न
सक्छ
।"
यो कुरा नजिकै रहेको खसिले
सुनिरहेको थियो ।
भोलिपल्ट डाक्टर आएर
दवाइ ख्वाएछ र
गएछ । डाक्टर गए पछी
खसिले घोडालाई
भनेछ :
"उठ यार हिम्मत गर , नत्र
यिनिहरुले तिमीलाई
मरिदिन्छन ।"
दोस्रो दिन पनि डाक्टर
आएछ र दवाइ
दिएर गएछ ।
अनी खसिले घोडालाई
भनेछ:
"साथी तिमी उठ्नै पर्छ, म
तिम्लाई
उठाउन मद्दत गर्छु, उठ ।
तैपनी घोडा उठेन ।"
तेस्रो दिन डाक्टर आएछ र
भनेछ : "मलाई
माफ गर्नुहोस मैले यसलाई
निको पर्न
सकिनँ । यस्मा केहि सुधार
देखिएन । अब
यस्लाई मार्नु पर्छ ।"
यती भनेर डाक्टर घोडा
मार्ने सुइ लिन
गएछ । शेरे
चाही घोडा गाड्नको लागी
खाल्डो खन्न
थालेछ ।
अनी खसिले घोडालाई
भनेछ: "साथी अब
तिम्लाई गर या मरको
स्थिति आयो।
यदी तिमी अहिले नि उठेनौ
भने एकछिन
पछी तिमीलाई यिनिहरुले
मार्छन । त्यसैले
हिम्मत गर । (घोडा उठ्न लागेछ)
हो राम्रो अझै हिम्मत गर ।
हो उठिहल्याउ नि अब
दौडिएर देखाउ त
।"
घोडा दौडिन थलेछ ।
आवाज सुनेर शेरे
आगनमा हेर्न आएछ ।
आगन
मा घोगा दौडी रहेको थियो
। शेरे खुशिले
उफृन थलेछ । सारा गौँलेलाई जम्मा गरेछ

खुशिले कराउन ठलेछ : "आज चमत्कार
भयो ।
मेरो घोडा निको भयो । म ज्यादै
खुशी छु
। यही उपलक्ष्यमा म आज तपाईंहरुलाई
यो खसी काटेर भोज खुवाउछुँ ।"
खशी ठाउँको ठाउँ बेहोस..
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment