तिमी सङ्ग अब कति बिरालो भए

सर=शेरे ल भन मैले तिम्लाई तीन ओटा बिरालो दिए र फेरि दुई ओटा दिए।भन तिमी सङ्ग अब कति बिरालो भए?

शेरे=छ ओटा सर।

सर=पहिला तीन वटा पछि दुई वटा कुरो बुझिनस? भन अब तिमी सङ्ग कति वटा बिरालो भयो।

शेरे=छ वटा हो सर।

सर=तिम्ले कुरै बुझ्दैन कि के हो?ल मैले तिम्लाई तीन ओटा स्याउ दिए फेरि दुई वटा दिए भन अब कति ओटा स्याउ भयो?

शेरे=पाँच वटा सर।

सर=good बल्ल कुरो बुझ्यो?
ल अब भन मैले तीन वटा बिरालो दिए अनि अर्को दुई वटा दिए अब तिमी सङ्ग कति बिरालो भए?

शेरे=छ वटा सर।

अब सर लाई लास्टै रिस उठ्यो र जोड ले कराउदै एक झापड लगायो।

सर=म सङ्ग जिस्क्या कि निहुँ खोज्या हं?थाहा पाइस?

शेरे रुदै=हजुरले दिनु भाको त पाँच ओटै हो तर मेरो घरमा पहिले देखिनै एउटा बिरालो छ सर त्यही भएर छ ओटा हुन्छ भनेको।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment