राम्री केटी बसमा पोखरा जाँदै
थिए। केटो पढाईमा तेज थियो।
उसले कुरा मिसाउदै भन्यो,”आउ
एउटा खेल खेलौ।”
केटीले शंका गर्दै भनी,
“कस्तो खेल?”
केटो: म तिमीलाई एउटा प्रश्न
सोध्छु।तिमीले मिलाउन नसके मलाई
५ रुपैया देउ। अनी तिमी मलाई
प्रश्न सोध मैले मिलाउन नसके ५००
रुपैया दिन्छु।
केटी: हुन्छ।
केटो: सूर्यको किरण पृथ्वीसम्म
आइपुग्न कती समय लाग्छ? केटीलाई
थाहा थिएन पर्सबाट खुरुक्क ५
रुपैया झिकेर दिइ।
अब सोध्ने पालो केटीको थियो।
केटी:
माथि जाँदा तीनवटा खुट्टाहुन्छ,
तल फर्कदा दुईवटा के हो? केटोले
धेरै सोच्यो तर मिलाउन सकेन।
वाध्य भएर उसले ५००
रुपैया केटीलाई दियो।
उसले बाटोभरी पनि उत्तर
पत्ता लगाउन खोज्यो। ल्यापटप
निकालेर गूगलमा खोज्यो, फोन गरेर
साथीलाई सोध्यो तर सकेन।
पोखरा आइपुगेपछी ओर्लिने
बेलामा उसले केटीलाई सोध्यो,
“अघिको प्रश्नको उत्तर के हो त?”
केटीले केही पनि नबोली पर्सबाट
अर्को ५ रुपैया झिकेर दिइ र
भनी मलाइ पनि थाहा छैन ।
0 comments:
Post a Comment