झुठो बोलेको थाहा पाउने रोबोट

बाउले एउटा झुठो बोलेको थाहा पाउने रोबोट किनेर
ल्याएछ।
झुठो थाहा हुने बित्तिकै रोबोटले एक झापड
हान्दो रहेछ।
राती खाना खाने बेला भयो।

बाउ: छोरा आज तँ कहाँ गएको यतिबेलासम्म?
छोरो: रमेशको घरमा पढ्न।
रोबोटले एक झापु हान्यो।

छोरो: होइन, रिताको घरमा थिँए।
रोबोटले अर्को झापु हान्यो तिरिमिरी हुने गरी।
छोरो:सरी! रितासँग फिल्म हेर्न गएको थिँए।
बाउ: गधा! तेरो उमेरमा म कुनै केटीसँग

त्यसरी फिल्म हेर्न गइन।

रोबोटले अर्को झापड बाउलाई हान्यो।
आमा: हा हा हा यो चाँही पक्का तपाईंको छोरो हो।
रोबोटले अर्को झापड आमालाई पनि हिर्कायो।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment