मेरो मोबाइल पो रैछ

शेरे, मुन्द्रे, धुर्मुस र बान्द्रे
एउटा रेष्टुरेन्टमा खाजा खाँदै थिए । त्यसैबेला गर्ल
फ्रेन्डको फोन आएछ । अनि टेबलबाट मोबाइल
उठाएर शेरेले कुरा गर्न थालेछ ।
गर्लफ्रेन्डः अघि मैले तिम्रो पर्सबाट 10 हजार
निकालेकी थिएँ । अहिले सपिङ गर्दैछु । तिमी रिसाएका त छैनौ नि ?
शेरेः केहि छैन । म रिसाएको छैन ।
गर्लफ्रेन्डः अर्को कुरा मसँग तिम्रो क्रेडीट
कार्ड पनि छ । म एउटा सुनको सिक्री पनि किन्छु
है?
शेरेः ल ल किन । एक तोला पुरैको किन है । गर्लफ्रेन्डः सुन न । एउटा औठीँ पनि किन्छु है?
शेरेः OK.
फोन राखिसकेपछि धुर्मुसले भनेछः हैन हो शेरे तँ
पागल त भएनस् ? गर्लफ्रेन्डलाई त्यत्रो खर्च गर्न
दिएको?
शेरेः म पागल होइन यार । बरु भन्न यो मोबाइल चाहिँ कसको हो?
मुन्द्रेः साले । बर्बाद गरिस् नि । मेरो मोबाइल
पो रैछ ।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment