शेरे एकदिन जंगल मा धुम्दै

शेरे एकदिन जंगल मा धुम्दै थियो अचानक
एउटा चितुवा आएछ !

शेरे आत्तीएर भागेछ !
भाग्दा भाग्दै शेरे एउटा रुखमा ठोकिएछ ! घुडांमा नराम्रो संग चोट
लागेछ !
बल्ल बल्ल बचेर शेरे क्लिनिक गएछ ! डाक्टरले
घाउ हेरे पछि मलम दिएछन !
शेरे : डाक्टर साब यो दबाई
कति कति बेला खाने हो ??
डाक्टर : खाने होईन
ठोकिएको ठाउँमा लगाउने
हो !!
शेरे सात दिन पछि फेरि क्लिनिक पुगेछ !
खुट्टा झन धेरै सुनिएको देखेर
डाक्टर : तिमिले दबाई लगाएनौ ?
शेरे : लगाएको त हो तर खै सन्चो भएन !

डाक्टर : ठोकिएकै ठाउमा लगाएउ त ?

शेरे : हो भनेको नपत्याए हिड्नु न हेर्न
जुन रुखमा ठोकिए त्यही रुखमा लगाएको हो.




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment