सासुलाई आफ़्नी बुहारीले कत्तिको माया गर्दीरहेछ

सासुलाई आफ़्नी बुहारीले कत्तिको
माया गर्दीरहेछ भनेर जान्न मन लागेछ
अनि एकदिन सुत्ने बेलामा बुहारीसंग
परिक्षा लिईछन।
सासु= भन बुहारी म खाटमा बसे भने
तिमी कहाँ बस्छ्यौ?
बुहारी =म टेबलमा बस्छु आमा।
सासु= म टेबलमा बसे भने
तिमी कहाँ बस्छ्यौ ?
बुहारी=म पिर्कामा बस्छु आमा।
सासु=म पिर्कामा बसे भने
तिमी कहाँ बस्छ्यौ ?
बुहारी=म भुँईमा बस्छु आमा।
सासु=म भुँईमा बसेभने
तिमी कहाँ बस्छ्यौ ?
बुहारी=म खाल्डोमा बस्छु आमा।
सासु=म खाल्डोमा बसे भने
तिमी कहाँ बस्छ्यौ ?
बुहारी= माथीबाट माटोले पुरेर
त्यही माथी बस्छु।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment