शेरेको बुढी च्याँखुरी

शेरेको बुढी च्याँखुरीले बिहे गरेको 3 महिनामै घोर्ले छोरो पाईछे । शेरेले अचम्म मान्दै सोधेछ –

शेरे – हैन ए बुढी सबैको बिहे भको 9 महिनामा छोरा छोरी जन्मिन्छ तर हाम्रो बिहे भको जम्मा 3 महिना भयो । यति छिटै छोरो कसरी जन्मियो हँ ?

च्याँखुरी – ल तिमी पनि बेकार शंका मात्र गर्छौ के। तिम्रो बिहे भको कति भो ?

शेरे – 3 महिना ।

च्याँखुरी – मेरो बिहे भको कति भो ?

शेरे – 3 महिना।

च्याँखुरी – अनि हाम्रो बिहे भको कति भो ?

शेरे – 3 महिना भो नि ।

च्याँखुरी – अनि भए न त 9 महिना ?

शेरे – ए हो त है । म पनि कस्तो मुर्ख के । थुक्क तिम्लाई बेकार शंका मात्र गरेछु ।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment