गफै त हो नि

ससुरा : ज्वाँई गफ गर्नुस्न ।
ज्वाँई : खोई के गफ गरौं र ससुरा गफै आउदैन।
ससुरा : होईन केहि कुरा निकालेर गफ गर्नुसन ।
ज्वाँई : मालाई त कुरा निकाल्नै पो आउदैन त बुवा ।
ससुरा : होईन केहि न केहि त कुरा निकालेर गफ गर्नुस ।
ज्वाँई : ससुरा यस पालि त खेतिपति पनि मजाले सप्रियो भित्र्याउनलाई पनि निक्कै गारो भयो फेरि एक्लै मान्छे अनि मैले ता स्यालको पनि पुच्छारमा हँसिय झुन्ड्याई दिएँ त्यसपछि त स्याल्ले पनि धान काट्यो मैले पनि काटेँ बल्ल बल्ल खेति भित्र्याई सकेर ससुरालि तिर आएको ।
ससुरा : अचम्म मान्दै हँ स्याल्ले पनि धान काट्छ र ?
ज्वाँई : गफै त हो नि ससुरा....//
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment