शेरेको छोरो छेरे

3 कक्षामा पढ्ने शेरेको छोरो छेरेले
एउटै
कक्षामा पढ्ने पुतलीलाई लेखेको लब
लेटर
यस्तो छ-
प्यारी पुतली म तँलाई धेरै मन पराउँछु
। तैले
पनि मलाई कक्षामा हेरिराख्छस् ।
त्यसैले
तैले पनि मलाई मन पराउँछेस् होला ।
तँलाई
दुई चुल्ठी बाटेर रिबन
लगाउँदा क्या च्वाँक
देखिन्छ यार त्यसैले ममीलाई भनेर सँधै
दुई
चुल्ठी बाटेर रिबन लगाएर आईज ल।
अनि सुन त तँलाई त्यो झ्यालमा बस्ने
मोटेले
पनि मन पराउँछ तैले चै त्यसलाई मन
नपरा है।त्यस्ले त लुकिलुकि चुरोट
सुर्ती सबै
खान्छ। मैले त चुरोट
सुर्ती केही पनि खान्न।
त्यै भएर घरमा ममीले खुब
राम्रो बानी छ
भन्नुहुन्छ। तैले मलाई मन पराउछस्
कि नाई यै चिठीको पछाडी yes or
no
लेखेर
त्यो स्कुलको धारानिरको ढुंगा मुनि राख

। नत्र मलाई साथीहरूले जिस्क्याउँछ के।
यदि तैले पनि मलाई मन पराईस् भने म
तँलाई
सँधै हाफ छुट्टिमा चनाचटपट किनेर
ल्याईदिन्छु।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment