शेरे र उसको केहि साथीहरु


शेरे र उसको केहि साथीहरु
मिलि राति रक्सि खाने कार्यक्रम बनाएछन।
शेरेले साथीहरुलाई भनेछ - केटा हो म
मेरो घरबाट खसी चोरेर ल्याउछु काटेर
रक्सि सित खान ,तिमीहरु अलि अलि तान्दै गर
भनि घर खसी चोर्न गएछ । त्यस पछि शेरेले
साथीहरु सित रात भरि रक्सि र मासुको भब्य
पार्टी गरे छ। बिहानी पख रक्सि मासु पनि सबै
सकियो पार्टी पनि बन्द भयो सबै जना आ
आफ्नो घर तिर लागे। शेरे पनि घर आयो तर
आश्चर्य हिजो चोरेर काटी खाएको खसी त घर
मै घाममा बसेर उग्राई रहेको रहेछ। हत्त न
पत्त घर भित्र छिरेर स्वास्नीलाइ सोधे छ -
शेरे- यो खसी कहाँ बाट आयो यहाँ ?
स्वास्नी - खसीको कुरो छोड , मलाई यो भन
हिजो राति चोर जस्तो सुटुक्क घरको कुकुर लिएर
रात भरि कहाँ गएको ?



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment