१० मिनेटपछी

सेरे एकदिन एउटा भट्टिमा बसेर झ्याप
हुन्जेलसम्म पिएछ।
त्यस्पछी उसले भट्टीको साहुजिलाई अझै
रक्सी मागेछ।
भट्टिको साहुजीले तपाईं आज धेरै नै
मातिसक्नुभाको छ, त्यसैले म तपाईंलाई अझै
रक्सी दिन सक्दिन भनेर साहुजीले सेरेलाई घर
पठाइदिएछ।
५ मिनेटपछी सेरे फेरी आएर
सेरे: साहुजी, एक बोतल रक्सी दिनुस् न।
भट्टिको साहुजी: तपाईं आज धेरै नै
मातिसक्नुभाको छ, त्यसैले म तपाईंलाई अझै
रक्सी दिन सक्दिन... यती भनेर साहुजीले
सेरेलाई घर पठाइदिएछ।
१० मिनेटपछी फेरी
सेरे: साहुजी, एक बोतल रक्सी दिनुस् न।
भट्टिको साहुजी(रिसाउदै): म तपाईंलाई अझै
रक्सी दिन सक्दिन भनेको सुन्नुहुन्न???
तैपनी तपाईं कती आउनुहुन्छ ह???
त्यसपछी सेरेले छक्क पर्दै सोधेछ: हैन भाई,
तिमी कतिवटा भट्टिमा काम गर्छौ ह???



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment